चितवन विशेष

चितवनबाट २ सय किलो गाँजासहित तीन जना पक्राउ

Banner

चितवन, वैशाख २४-

चितवनबाट प्रहरीले अवैध लागूऔषध गाँजासहित तीन जनालाई प्रकाउ गरेको छ । इलाका प्रहरी कार्यालय खैरहनी र प्रहरी चौकी चैनपुरबाट खटिएको प्रहरीले गयराती बिआर ०५ जीसी ९५१३ नम्बरको ट्रकसहित तीन जनालाई प्रकाउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार खैरहनी नगरपालिका-३ टुंगाराबाट २ सय किलोग्राम गाँजासहित भारत बिहार मोतिहारी मधुवन बस्ने ४० वर्षीय बिरेश यादव, राप्ती नगरपालिका-१२ बस्ने ४७ वर्षीय चन्द्रबहादुर तामाङ र २५ वर्षीय सुभाष तामाङलाई प्रकाउ गरिएको छ ।

यस विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>