समाचार

शिक्षा मन्त्रालयमा शिक्षकसँग वार्ता सुरु

Banner

काठमाडौं,बैशाख १६-

शिक्षा मन्त्रालयमा नेपाल शिक्षक महासंघका प्रतिनिधिहरूसँग वार्ता सुरू भएको छ। महासंघको बैठक लम्बिएपछि दिउँसो ३ तय भएको वार्ता बल्ल सुरू भएको हो। केहीबेरअघि विस्तारित पदाधिकारी बैठक सकिएपछि शिक्षक प्रतिनिधिहरू सिंहदरबार गएका हुन्।

महासंघको बैठकले आन्दोलन सँगसँगै सरकारसँग पूर्वसहमति कार्यान्वयनबारे स्पष्ट मार्गचित्रसहित निर्णायक वार्ता गर्ने सर्वसम्मत निर्णय गरेको थियो।
शिक्षा मन्त्रालयले दिउँसो ३ बजे वार्तामा बोलाएको थियो। शिक्षकहरूको बैठक लम्बिँदा वार्ता ५ घण्टा ढिलो सुरू भएको हो। यसअघि सोमबार दुई चरणमा शिक्षक र सरकारका प्रतिनिधिबीच वार्ता भएको थियो। वार्ता सकारात्मक रहेको सरकारी पक्षको भनाइ थियो।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>