चितवन विशेष

दोस्रो राप्ती गोल्डकपको उपाधि मकवानपुर-११ लाई

Banner

चितवन,बैशाख १४-

दोस्रो राप्ती गोल्डकपको उपाधि मकवानपुर ११ ले जितेको छ । शनिवार शशस्त्र बाहिनी नम्बर ३ मुख्यालय रंगशाला राप्ती ६ हर्दीमा सम्पन्न फाइन प्रतियोगितामा अरुणखोला युनाइटेड नवलपुरलाई पराजित गर्दै मकवानपुरले उपाधि जितेको हो । सेन्ट्रल कलेजको मुख्य प्रायोजनमा भएको प्रतियोगिता बैशाख ४ गतेदेखि सुरु भएको थियो । प्रतियोगिताको विजयी टिम मकवानपुर ११ ले नगद २ लाख ६६ हजार ६ सय ६६ रुपैंया नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त ग¥यो । उपविजेत हुन सफल अरुणखोला युनाइटेडले नगद १ लाख ३३ हजार ३ सय ३३ रुपैंयासहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त ग¥यो । प्रतियोगितामा चितवन,नवलपुर र मकवानपुरका १० टिमको सहभागिता रहेको आयोजक हर्दी युवा समाजका अध्यक्ष सम्भु विकले जानकारी दिनुभयो । उहाँका अनुसार प्रतियोगितामा युवा खेलाडिको उत्साहजनक सहभागिता रहेको थियो ।

प्रतियोगिताका प्रमुख अतिथि पूर्वमन्त्री तथा बागमती प्रदेशका सांसद जेएन थपलियाले खेलले युवाहरुलाई रचनात्मक काममा लाग्न उत्प्रेरणा जगाउने भन्दै यस्ता प्रतियोगिता नियमित हुनुपर्ने बताउनुभयो । उहाँले प्रदेश सरकारले खेलकुदलाई प्राथमिकतामा राखेर काम गरिरहेको भन्दै गाउँगाउँबाट राष्ट्रिय स्तरका खेलाडि उत्पादन भइरहेको बताउनुभयो ।

कार्यक्रमका बिशिष्ठ अतिथि सेन्ट्रल कलेज का प्रिन्सिपल यज्ञ विलास (वाइबी) पौडेलले सेन्ट्रल कलेजले चितवन,नवलपुरमा सयौं खेल प्रतियोगिताहरुमा सहकार्य गरेर काम गरेको बताउनुभयो । उहाँले खेलाडि र खेलप्रेमीहरुको पहिलो रोजाइ सेन्ट्रल कलेज रहेको भन्दै यस्ता प्रतियोगिताहरु निरन्तर संचालन गरिने बताउनुभयो । उहाँले उच्च शिक्षा अध्ययनका लागि अष्ट्रेलिया, जापान, युके, युएसए, क्यानडा, युरोप, कोरिया लगायतका देशमा जान चाहाने विद्यार्थीले भाषा कक्षा र भिसा प्रोसेसिङका लागि सेन्ट्रल कलेजलाई सम्झन आग्रह गर्नुभयो । उहाँले नेपालमै बसेर त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त बिएचएम र बिआइएम अध्ययनका लागि पनि सेन्ट्रल मोडल कलेजमा सम्पर्क गर्न अनुरोध गर्नुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>