चितवन विशेष

नेपाल भेटेरिनरी एशोसिएसन बागमती प्रदेशले चितवनमा विभिन्न कार्यक्रम गरि मनायो विश्व भेटेरिनरी दिवस

Banner

भरतपुर, वैशाख १३–

नेपाल भेटेरिनरी एशोसिएसन बागमती प्रदेशले चितवनमा दुई दिनसम्म पशुस्वास्थ्य परीक्षण सहित जनचेतना मुलक कार्यक्रमको आयोजना गरी ‘विश्व भेटेरिनरी दिवस–२०२५’ मनाएको छ । शुक्रबार भरतपुर महानगरपालिका वडा नम्बर १ स्थित योगी नरहरिनाथ गौ संरक्षण केन्द्रमा रहेका गौको निःशुल्क स्वास्थ्य परीक्षण र दोस्रो दिन शनिवार भेटेरिनरी पेशासँग सम्बन्धित विभिन्न संघसंस्थाका प्रतिनिधि, विद्यार्थी तथा चिकित्सक बिच जनचेतना मुलक कार्यक्रम आयोजना गरि दिवस मनाएको हो ।

शुक्रबार गरिको निःशुल्क पशु स्वास्थ्य परीक्षणमा संरक्षणमा रहेका डेढ सय गाईको उपचार गरिएको थियो । सो क्रममा गाईहरुमा जुका किर्ना लगायतका समस्या देखिएको नेपाल भेटेरिनरी एशोसिएसन बागमती प्रदेशका अध्यक्ष डा निमेश खनालले जानकारी दिनुभयो ।

शिविरमा गौशालामा रहेका गाई, बाच्छाबाच्छीहरूको स्वास्थ्य परीक्षण, गर्भ परिक्षण, उपचारका साथै खोरेत विरुद्धको खोप, जुकाका औषधि, भिटामिन, मिनिरल, लिवरटोनिक औषधि निःशुल्क रुपमा प्रदान गरिएको उहाँले बताउनुभयो । उहाँले यो सेवा अभियानले भेटेरिनरी पेशाको सामाजिक उत्तरदायित्वलाई अझ सशक्त बनाएको बताउनुभयो । सो क्रममा आध्यात्मिक परिषद्का अध्यक्ष शैलेन्द्र पिया, प्रधानाध्यापक कमल पाण्डे, प्राध्यापक डा श्याम किशोर शाह, संस्थाका केन्द्रिय सदस्य डा शत्रुधन शाह, डा अकोश भूसाल, संस्थापक अध्यक्ष सुभाष श्रेष्ठ, निवर्तमान अध्यक्ष डा दिपक तिवारी, डा राजेश थारु, डा मनिसा घिमिरे लगायतको उपस्थिती रहेको थियो ।

नेपाल भेटेरिनरी एशोसिएसन बागमती प्रदेशका सचिव डा.हरि अधिकारीले सहजिकरण गर्नुभएको कार्यक्रममा प्रा.डा.श्याम किशोर शाह र डा.शत्रुघन शाहको प्राबिधिक तथा कान्तिपुर फार्मास्युटिकल्स ल्याब लिमिटेड, क्यु मेड, लाइभ कियर फर्मा, इन्डियन हब्र्स भेटो क्युनोल लगायतका संस्थाको सहयोग रहेको थियो । साथै कार्यक्रममा नेपाल भेटेरिनरी स्टुडेन्ट्स एसोसिएसनका विद्यार्थीहरूले उपचार कार्यमा उल्लेखनीय सहयोग पु¥याएका थिए । आगामी दिनमा पनि यस्ता कार्यक्रम गर्दै जाने आयोजकले जानकारी दिएको छ ।

यसैबिच दोस्रो दिन शनिबार नेपाल भेटेरिनरी एशोसिएसन, बागमती प्रदेशले शनिबार बिहान प्रभातफेरी तथा तालिम सञ्चालन गरिएको छ । जसमा भेटेरिनरी पेशासँग सम्बन्धित विभिन्न संघसंस्थाका प्रतिनिधि, विद्यार्थी तथा चिकित्सक लगायतको सहभागिता रहेको थियो । प्रभातफेरी पछि चितवन उद्योगसंघमा शुभकामना आदान–प्रदान तथा भित्तेपात्रो विमोचन गरिएको आयोजकले जानकारी दिएको छ ।

त्यस्तै, दिवसकै अवसरमा नेपाल भेटेरिनरी एशोसिएसन बागमती प्रदेश र नेपाल पशु चिकित्सा परिषद्को सहकार्यमा ‘दर्तावाल पशु चिकित्सकका लागि कोड अफ कन्डक्ट’ सम्बन्धी तालिम पनि सञ्चालन गरिएको थियो। कार्यक्रममा नेपाल भेटेरिनरी एशोसिएसनसँगै कृषि तथा वन विज्ञान विश्वविद्यालय, नेपाल पोलिटेक्निक इन्स्टिच्युट, एन.भि.एस.ए एनपिआइ, एन.भी.एस.ए ए एफ यु र चितवन उद्योग संघको सहकार्य रहेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>