चितवन विशेष

‘आरोग्य पर्यटनः नेपालको समृद्धिको आधार’ अवधारणापत्र सार्वजनिक

Banner

भरतपुर, वैशाख ६-

देशको समृद्धिको आधार आरोग्य पर्यटनमार्फत गर्ने सकिने ‘आरोग्य पर्यटनः देशको समृद्धिको आधार’ अवधारणापत्र शनिबार भरतपुरमा सार्वजनिक गरिएको छ ।
जीवन विज्ञान, आरोग्य अध्ययन केन्द्रको संयोजनमा भएको कार्यक्रममा पूर्वमुख्य सचिव डा.वैकुण्ठ अर्यालले अवधारणापत्र प्रस्तुत गर्नुभएको हो । अवधारणापत्रमा देशको आर्थिक समृद्धिको आधार आरोग्य पर्यटनलाई बनाउन सकिने विभिन्न आधारहरू अगाडि सारिएको छ । यस अवधारणाले प्रस्तुत गरेको मर्गचित्र अनुसार राज्यले कार्ययोजना बनाएर कार्यान्वयन गर्ने हो भने यस दशकभित्रमा ५० लाख पर्यटक वार्षिक रूपमा देश भित्रने छन् भने १० लाख बढीले रोजगारी प्राप्त गर्ने दावी गरिएको छ ।
समारोहमा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गण्डकी सरकारले आरोग्य पर्यटनको विकासका लागि कार्य सुरु गरेको बताउँदै त्यसमा सबैलाई सहकार्य गर्न आग्रह गर्नुभयो ।
भरतपुर महानगरपालिकाकी नगरप्रमुख रेनु दाहालले आरोग्य पर्यटनको हव चितवनलाई बनाउन सकिने बताउँदै त्यसका लागि प्रस्तुत अवधारणापत्रले थप ऊर्जा मिलेको बताउनु भयो । उहाँले जीवन विज्ञानले अगाडि सारेको आरोग्य पर्यटनको अवधारणामा सहकार्य गर्न भरतपुर महानगरपालिका तयार रहेको बताउनुभयो ।
कार्यक्रममा श्रद्धेय भानु गुरुदेवले चितवन देशको पर्यटनको मूलाधार रहेको बताउँदै यहाँबाट आरोग्य पर्यटनको विकास देशभर पु¥याउन सकिने बताउनुभयो । देशको विकासका लागि आरोग्य पर्यटनको विकल्प नभएको बताउँदै यसका लागि जीवन विज्ञान सधै राज्यको सहयोगी भूमिकामा रहने बताउनुभयो ।
श्रद्धेय रमेश गुरुदेवले मानिसले खोजेको सुख, शान्ति र समृद्धि अध्यात्मले दिने बताउँदै आरोग्य पर्यटनभित्र अध्यात्म पनि समाहित भएकाले देश विकास र समृद्धिका लागि यो अपरिहार्य रहेको बताउनु भयो ।
उद्योग संघ चितवनको सभाहलमा भएको अवधारणापत्र सार्वजनिक कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उल्लेख्य सहभागिता थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>