चितवन विशेष
नयाँ वर्षमा चितवनको फेन्सी व्यवसायीले शुभकामना साँझ गर्ने

चितवन, चैत २८-
नयाँ वर्षको अवसरमा चितवनको फेन्सी व्यवसायी संघले शुभकामना साँझ गर्ने भएको छ । व्यवसायीको हक हितमा समर्पित संघले मनोरञ्जनको लागि ‘ फेन्सी नव वर्ष उत्सव २०८२’ कार्यक्रम आयोजना गरेको हो ।
चैत्र ३१ गते साँझ भरतपुरको सिएमटी होटलमा आयोजना गरिएको छ । कार्यक्रममा मुख्य आकर्षण चर्चित गायक सुगम पोखरेल रहेका छन् । पोखरेलको साथमा गायक शान्तिरानी परियार, अर्जुन सापकोटाको पनि प्रस्तुती रहनेछ । त्यस्तै हाँस्य कलाकारहरु प्रलाद बर्तौला लगायत स्थानीय कलाकारहरुको समेत बृहत प्रस्तुती रहने संघले जनाएको छ ।
सधैँ व्यवसायीमा खटिएका व्यवसायी बीच सदभाव र रमाइलो गराउन पन सांगीकि उत्सवको आयोजना गरिएको फेन्सी व्यवसायीका अध्यक्ष रामप्रसाद पौडेलले बताए । कार्यक्रममा भरतपुर महानगरपालकाका उप्रमुख चित्रशेन अधिकारीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । कार्यक्रमको तयारी तिब्र पारिएको अध्यक्ष पौडेलले बताए । २०४५ सालमा स्थापना भएर २०७३ सालमा विधिवत दर्ता गरिएको संघले पहिलोपल्ट यस्तो कार्यक्रम आयोजना गर्न लागेको हो । फेन्सी व्यवसायी संघ चितवन उद्योग वाणिज्य संघ चितवनको सबैभन्दा ठुलो वस्तुगत संघ हो ।