चितवन विशेष
नेपाल राष्ट्रिय नाई संघ र नेपाल नाई संघ बिच एकीकरण, अध्यक्षमा सन्तोष ठाकुर चयन

चितवन, चैत २८-
नेपाल राष्ट्रिय नाई संघ र नेपाल नाई संघ भरतपुर बिच एकीकरण (मर्च) भएको छ । आज भरतपुरमा एक कार्यक्रमको आयोजना गरी एकीकरण गरिएको घोषणा गरिएको हो । एकीकरण पश्चात संघको नाम नेपाल नाई संघ राखिएको संघका नवनिर्वाचित अध्यक्ष सन्तोष ठाकुरले जानकारी दिए ।
भरतपुरमा भएको सम्मेलनले सन्तोषको नेतृत्वमा १३ सदस्य नेपाल नाई संघ भरतपुर महानगर कमिटी गठन समेत गरेको छ । यस्तै उपाध्यक्षमा बिजुली ठाकुर र सुरेश ठाकुर, सचिवमा मनोजकुमार ठाकुर, सह–सचिवमा बाह्रघरेका वीरेन्द्र ठाकुर, कोषाध्यक्ष सुरेन्द्र ठाकुर निर्बिरोध निर्वाचित भएका छन् । सदस्यहरुमा रामविलास ठाकुर, मनोज ठाकुर, अनिल ठाकुर, सिपाही ठाकुर, केदार ठाकुर, मनेजर ठाकुर र राजेन्द्र ठाकुर चयन भएको नवनिर्वाचत अध्यक्ष सन्तोषले जानकारी दिए ।
कार्यक्रममा भरतपुर महानगरपालिका उपप्रमुख चित्रसेन अधिकारी प्रमुख अतिथि रहनुभएको थियो । कार्यक्रममा बोल्दै उहाँले कपाल काट्ने व्यवसायीहरुको व्यवस्थापनका लागि आफूले सहजिकरण गर्ने बताउनुभएको छ ।
कार्यक्रममा नेपाल टे«ड युनियन कांग्रेसका केन्द्रीय सदस्य लक्ष्मण भट्टराई, घनश्याम चापागाई, पूर्व अध्यक्ष तथा केन्द्रिय शिक्षा विभागका सदस्य वैकुठराज पौडेल, चितवन अध्यक्ष हरिहर सापकोटा, उपाध्यक्ष पार्वती पन्त, नेपाल नाई संघका केन्द्रीय सदस्य सुरेश ठाकुर, पूर्व केन्द्रिय सदस्य बच्चा ठाकुर, नेपाल नाईसंघका अध्यक्ष सिकेन्द्र ठाकुर, वरिष्ठ उपाध्यक्ष हरिन्द्र ठाकुर, उपाध्यक्ष दर्शन ठाकुर, मनोज ठाकुर र नेपाल नाइ संघका सचिव शर्मानन्द ठाकुर लगायतले बोल्नुभएको थियो ।