समाचार
त्रिविका उपकुलपतिको राजीनामा प्रधानमन्त्रीले गरे स्वीकृत
०

काठमाडौं, चैत २८-
कुलपति समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन विश्वविद्यालयका उपकुलपति केशरजंग बरालको राजीनामा स्वीकृत गरेका छन् ।
बरालको बिहीबार राजीनामा स्वीकृत भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।
बरालले १५ चैतमा सहयोगीमार्फत प्रधानमन्त्री कार्यालयमा राजीनामा बुझाएका थिए ।