चितवन विशेष

नयाँ वर्षमा नारायणी किनारमा सांगीतिक कन्सर्ट हुने

Banner

चितवन, चैत २७-

नयाँ वर्षमा चितवनको नारायणी नदी किनारमा सांगीतिक कन्सर्ट हुने भएको छ । एस डी इभेन्टस एण्ड म्यानेज्मेन्टले मिसन रेड अभियान अन्तगर्त चैत्र ३१ गते विभिन्न ब्यान्ड सहितको सांगीतिक कन्सर्ट गर्न लागेको हो ।

नयाँ वर्षको अवसर पारेर गर्न लागिएको कन्सर्टमा मन्त्र ब्याण्ड, कुटुम्ब ब्याण्ड, द एक्स ब्याण्ड, समीर श्रेष्ठ एण्ड गुड बोइज र केयर एण्ड जोए ब्यान्डको सांस्कृतिक प्रस्तुती रहने आयोजकले आज (बुधबार) भरतपुरमा पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिएको छ ।

मिसन रेड न्यू इएर फेस्ट सांगीतिक कन्सर्ट नाम दिइएको कन्सर्टमा पन्ध्र हजार दर्शकको उपस्थिती रहने आयोजकले बताएको छ । चैत्र ३१ गते दिउँसो ३ बजेदेखी सुरु हुने कार्यक्रममा प्रवेश शुल्क ६ सय रुपैयाँदेखि ६ हजार रुपैयाँसम्म तोकिएको छ । ५८ लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको कार्यक्रममा ८० लाख रुपैयाँ रकम संकलन हुने लक्ष्य राखिएको कार्यक्रम संयोजक प्रविण देवकोटाले जानकारी दिए ।

कन्सर्टबाट हुने आम्दानीले राष्ट्रिय रक्तदाता सम्मेलन गर्ने र रक्तदाताको तथ्यांक संकलनका लागि मोबाइल एप्लिकेशन बनाउने योजना रहेको उनले बताए । मिसन रेड अभियान अन्तरगत एक वर्षभित्र सयभन्दा बढी रक्तदाता सम्बन्धि कार्यक्रम गरिसकिएको छ । आगामी दिनमा पाँच हजार पिन्ट रगत संकलन गर्ने र दश हजार युवालाई रक्तदान र रगत अभाव व्यवस्थापन सम्बन्धि तालिम प्रदान गर्ने लक्ष्य रहेको उनले सुनाए । हालसम्म अभियानले दुई हजार पाँच सय सय बढी पिन्ट रगत संकलन गरेको उनले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>