चितवन विशेष

भरतपुर र खैरहनीमा सवारी दुर्घटनाः तीन जना घाइते

Banner

चितवन, चैत २२–

चितवनको भरतपुरमा आज दिउँसो बलेरो र मोटरसाइकल ठोक्किदा दुई जना घाइते भएका छन् ।

दिउँसो १ः१५ बजेको समयमा भरतपुर–१२ बसपार्क चोकस्थित लु २ च ६४२३ नम्बरको बलेरोले ज ११ प ६६३ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा मोटरसाइकलमा सवार दुई जना घाइते भएका हुन् ।

घाइते हुनेमा मोटरसाइकल सवार बारा घर भइ हाल भरतपुर–११ जागृतीचोक बस्ने बर्ष ३३ की मिरा जैशवाल र सोही स्थानका बर्ष १६ की आरती कुमारी साह घाइते भएको प्रहरीले जनाएको छ । उनीहरुको भरतपुर अस्पतालमा उपचार भइरहेको छ ।

यसैबीच खैरहनीमा स्कारपियो र साइकल ठोक्किदा एक जना घाइते भएका छन् ।

खैरहनी नगरपालिका वडा नम्बर ६ डिजनी पार्टी प्यालेस अगाडि भित्री सडक खण्डमाउत्तरबाट दक्षिणतर्फ आउँदै गरेको बा ७ च ९३४६ नम्बरको स्कारपियो र विपरीत दिशाबाट आउँदै गरेको साइकल एक आपसमा ठक्कर खाई दुर्घटना हुँदा साइकल चालक खैरहनी नगरपालिका वडा नम्बर १ बस्ने वर्ष ६५ को केसराम शर्मा भुसाल घाइते भएका छन् । उनको भरतपुर सरकारी अस्पतालमा उपचार भइरहेको छ । उनको शरीरको विभिन्न भागमा चोट लागेको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ । स्कारपियो प्रहरीको नियन्त्रणमा रहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>