चितवन विशेष

दासढुंगामा आइचर ट्रक र बलेरो ठोक्किदा तीन जना घाइते

Banner

चितवन, चैत २१-

भरतपुर महानगरपालिका–२९ दासढुंगामा आइचर ट्रक र बलेरो ठेक्किदा तीन जना घाइते भएका छन् ।

मुग्लिङबाट नारायणगढतर्फ आउँदै गरेको प्रदेश२–०३–००१ ख ३०८२ नम्बरको आइचर ट्रक र विपरीत दिशाबाट आउँदै गरेको ना ४ ख ६९५८ नम्बरको बलेरो एकआपसमा ठक्कर खाँदा दुवै सवारी साधनका चालकसहित तीन जना घाइते भएका हुन् । पछाडिबाट आउँदै गरेको बा १३ च ४४२० नम्बरको कार बलेरोको पछाडि ठोक्किदा कारमा समेत सामान्य क्षति भएको छ ।

घाइते हुनेमा ट्रक चालक बारा जितपुर सिमरा उपमहानगरपालिका–१ बस्ने वर्ष २५ को सुनिल सिंखडा, बलेरो चालक भरतपुर–१४ बस्ने वर्ष ४३ को पूर्ण बहादुर विक र बलेरोमा सवार भरतपुर–१४ बस्ने वर्ष २१ को प्रितम विक रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

ट्रक चालकको अवस्था मध्यम छ भने अन्य दुई जनाको अवस्था सामान्य छ । ट्रक चालकको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले बताएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>