समाचार
दुर्गा प्रसाईं गुन्डा नाइके होः गुरुङ

काठमाडौँ, चैत २०-
भाटभटेनी सुपरमार्केटका अध्यक्ष मीनबहादुर गुरुङले भाटभटेनीमा लुटपाट र ढुङ्गा हानेर नेपालमा राजतन्त्र नफर्कने बताएका छन् । आज भाटभटेनीले चैत १५ को घटनामा कम्पनीको सुरक्षामा योगदान दिएका कर्मचारीहरूलाई सम्मान गर्ने कार्यक्रमपछि बोल्दै उनले राजसंस्था फर्काउने आन्दोलनका जनकमान्डर बनाइएका दुर्गा प्रसाईँलाई गुन्डा नाइकेको संज्ञा समेत दिए ।
उनले गरेको आन्दोलनले भाटभटेनीमा लुटपाट र ढुङ्गा हानेर राजसंस्था फर्काउन सम्भव नभएको समेत गुरुङले बताए।
राज्यले उनलाई पुलपुल्याउँदा अहिले वितण्डा निम्तिएको उनको भनाइ छ । उनले भने, ‘हामीले बर्सेनि ट्याक्स तिर्छौँ सरकारलाई । हाम्रो ट्याक्सबाट सरकारले सुरक्षामा खर्च गर्छ । तर, हामीलाई सुरक्षा खोइ रु हाम्रा दशौँ हजार भाइ बहिनीको सुरक्षा खोइ रु दुलप्रसाद पराजुलीले मात्रै गरेर सुरक्षा हुन्छ ?’
राज्यले एउटा डनलाई पुल्पल्याएर राखेको हुँदा यो परिणाम आएको उनले बताए । उनको क्रियाकलापले राजसंस्था नआउने गुरुङले ठोकुवा गरे ।