अन्तर्राष्ट्रिय
भूकम्पको पाँच दिनपछि एक व्यक्तिको जीवितै उद्धार
०

याङ्गुन, चैत २०-
म्यानमारमा गएको ७.९ म्याग्निच्यूडको भूकम्पको पाँच दिनपछि बुधवार म्यानमाको नेपिडोको एक होटल भवन भत्किएको भग्नावशेषबाट २६ वर्षीय एक होटल कर्मचारीलाई उद्धार गरिएको राज्य प्रशासन परिषद्को सूचना टोलीले जनाएको छ ।
भग्नावशेषमा दुई जना फसेको र म्यान्माको अग्नि सेवा विभाग र टर्कीको उद्धार टोलीले एक जनालाई सुरक्षित स्थानमा ल्याउन सफल भएको सूचना टोलीले जनाएको छ ।
स्थानीय समयअनुसार मङ्गलवार अपराह्न ३ः०० बजे होटलको अप्रेसन सुरु भएको र स्थानीय समयअनुसार बुधवार बिहान १२ः३० बजे ती व्यक्तिलाई उद्धार गरिएको बताइएको छ ।
बाँकी फसेका व्यक्तिहरूको खोजी र उद्धारको प्रयास जारी रहेको बताइएको छ । एजेन्सी
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
छुटाउनु भयो कि?
>

























