चितवन विशेष

नारायणी किनारमा ‘मिसन रेड न्यू इयर फेस्ट हुँदै, ५ ब्याण्डले प्रस्तुती दिने

Banner

चितवन, चैत १९–

नेपालीहरुको नयाँ वर्ष नजिकिदै छ । नयाँ वर्ष २०८२ आउन अब १२ दिन मात्रै बाँकी छ । नयाँ वर्षलाई स्वागत गर्न विभिन्न तयारीहरु भइरहेका छन् ।

यसैक्रममा चितवनमा रक्तदान अभियान संचालन गरिरहेका युवाहरुले नयाँ वर्षमा रक्तदानको चेतना फैलाउन उद्देश्यले ‘मिसन रेड न्यू फेस्ट–२०८२’ आयोजना गर्दैछ । नयाँ वर्षलाई स्वागत गर्दै चैत ३१ गते साँझ नारायणी नदी किनारमा सांगीतिक कार्यक्रम गर्न लागेको हो । यो कार्यक्रमलाई एसडी इभेन्ट्स म्यानेजमेन्ट कम्पनीले व्यवस्थापन गर्दैछ ।

कार्यक्रमलाई वृहत बनाउन ५ वटा चर्चित सांगीतिक ब्याण्डहरु आउँदैछन् । ‘म्युजिक फर ब्लड’ नारा दिइएको कार्यक्रममा चर्चित ब्याण्डहरु ‘द एक्स ब्याण्ड’, ‘कुटुम्ब’, ‘मन्त्र’, ‘समीर श्रेष्ठ एण्ड द गुड ब्वाइज’ र ‘केहर एण्ड जोय’ले प्रस्तुती दिने इभेन्टका निर्देशक सौगात देवकोटाले जानकारी दिए । ‘युवा पुस्तालाई रक्तदानमा प्रेरिरत गर्न उनीहरुले मन पराउने संगीतलाई नै रोजेका हौं’ देवकोटाले भने ‘कार्यक्रमलाई भव्य बनाउन सबैमा आह्वान गर्दछौं ।’

यसअघि युवाहरुले प्रेम दिवको दिन ‘प्रेमिल साँझ’ सांगीतिक कार्यक्रम गरेका थिए । युवाहरुले ब्लड डोनर्स सोसाइटी मार्फत चितवनमा रक्तदान अभियानलाई अघि बढाइरहेका छन् । केन्द्रीय कार्यालय चितवन रहेको यो सोसाइटीको अहिले विभिन्न जिल्लाहरुमा शाखा गठनको प्रक्रियामा छ । सोसाइटीका केन्द्रीय अध्यक्ष अर्जुन अधिकारीले पछिल्लो समय रगतको अभाव बढ्दो क्रममा रहेकाले संगीत मार्फत सचेतना फैलान थालिएको बताए । उनले ‘मिसन रेड’ अभियान चलाएर रक्तदान कार्यलाई प्रभावकारी बनाउन युवाहरुलाई जोड्ने काम भइरहेको बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>