चितवन विशेष

माडीमा गैंडाको आक्रमणबाट भैंसी चराउन गएका व्यक्ति घाइते

Banner

चितवन, चैत १९-

माडी नगरपालिका–१ वनकट्टामा गैंडाको आक्रमणबाट काँस घारीमा भैंसी चराउन गएका एक व्यक्ति घाइते भएका छन् ।

सोमबार बिहान साढे ११ बजेको समयमा भैंसी चराउने क्रममा स्थानीय ६८ वर्षीय मंगले बोटलाई गैंडाले आक्रमण गरेको हो ।

गैंडाको आक्रमणबाट घाइते भएका बोटको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ । उनको ढाड र पेटमा चोट लागेको छ भने अवस्था मध्यम रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>