चितवन विशेष
नेपाल लोकतान्त्रिक खेलकुद संघ चितवनको अध्यक्षमा कृष्ण बहादुर नेपाल निर्वाचित

भरतपुर, चैत १८-
नेपाल लोकतान्त्रिक खेलकुद संघ चितवनको अध्यक्षमा कृष्ण बहादुर नेपाल (सुजन) निर्विरोध निर्वाचित भएका हुन् । सोमवार नारायणघाटको होटल सेन्ट्रल पाममा भएको पहिलो अधिवेशनले नेपालको नेतृत्वमा कार्यसमिति निर्विरोध चयन गरेको हो ।
उनी नेपाली काँग्रेस र नेपाल तरुण दलका नेता हुन् । जिल्लामा खेलकुद गतिविधिबाट पार्टीमा योगदान पु¥याउदै आएका नेपाललाई निर्विरोध चयन गरिएको हो । उनको नेतृत्वमा तदर्थ समिति गठन भएको थियो । समितिको उपाध्यक्षमा दिपेश श्रेष्ठ र सपना पुरी , सचिवमा शैलेश थापा , सहसचिवमा अशोक भण्डारी र कोषाध्यक्षमा अनिल थिङ चयन भएका छन् ।
यस्तै सदस्यहरुमा तारा खड्का , आशिष चौधरी , निरज कुमार गुरुङ , प्रमोद बानियाँ , विक्रम श्रेष्ठ , चन्दन महतो , मेत्र बहादुर गुरुङ , तिर्थराज कोइराला , प्रवेश पाठक , रुस्मा नेपाल , कमलाकुमारी सुनार , सुरज श्रेष्ठ , सावित्री पोखरेल , देउकुमार थापा मगर , सन्तोष कुमार जोशी , प्रमोद कार्की रहेका छन् ।