समाचार

त्रिवि केन्द्रीय क्याम्पसमा नेविसंघका जोशी विजयी

Banner

काठमाडौं, चैत १८-

त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस कीर्तिपुरको स्ववियु सभापति नेविसंघले जितेको छ। नेविसंघका उम्मेदवार दिपकराज जोशीले ७८९ मत ल्याएर विजयी बनेको तत्कालीन स्ववियु सभापति श्यामराज ओझाले जानकारी दिए।

सोमबार यहाँ चुनाव भएको थियो। नेकपा (एमाले) निकट अनेरास्ववियुका सिद्धान्त भट्टले ७८१ मत ल्याए। त्यस्तै नेकपा (माओवादी) निकट क्रान्तिकारीका प्रविन दाहालले ७२७ मत ल्याएका छन्। स्वतन्त्र उम्मेदवार उज्ज्वल खड्काले ७१७ मत ल्याएका हुन्। कुल ३११८ मत खसेको थियो।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>