अन्तर्राष्ट्रिय

भूकम्पपछि अहिले कस्तो छ म्यानमार र थाइल्याण्डको अवस्था ?

Banner

काठमाडौं, चैत १७-

म्यानमार र थाइल्याण्डमा भूकम्प गएको दुई दिन भइसकेको छ । भुकम्पमा परेर म्यानमारमा १ हजार ६४४ भन्दा बढी मानिसको मृत्यु भएको छ ।

थाइल्याण्डको राजधानी बैंककमा एक भत्किएको अग्लो भवनमा शनिबार १२औँ शव फेला परेको छ । योसँगै थाइल्याण्डमा मृत्यु हुनेको संख्या १७ पुगेको छ ।

घाइतेहरूको उपचारका लागि चिकित्सा सामानको अभाव भएको संयुक्त राष्ट्र संघ ९यूएन०ले आइतबार बताएको थियो । यस्तो अवस्थामा विपत्तिको सामना गर्न निकै गाह्रो हुँदै गइरहेको छ । उद्धारकर्मीहरूले भग्नावशेषमुनि फसेका मानिसहरूलाई उद्दार गर्ने प्रयास जारी राखेका छन् ।

चिनियाँ दूतावासले भूकम्पमा आफ्ना १२ नागरिक घाइते भएको बताएको म्यानमारको सरकारी सञ्चारमाध्यमले जनाएका छन् । कयौँ मानिस बेपत्ता रहेकोले मृतक र घाइतेको संख्या बढ्नसक्ने बताइएको छ । एजेन्सी

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>