समाचार

तीनकुने घटनाका मृतकलाई शहीद घोषणा गर्न राप्रपाको माग

Banner

काठमाडौं, चैत १६-

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले तीनकुने घटनामा ज्यान गुमाएका दुई जनालाई शहीद घोषणा गर्न माग गरेको छ। शनिबार बसेको पार्टीको कार्यसम्पादन समितिको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष राजेन्द्र लिङ्देनले मृतकहरूलाई शहीद घोषणा गर्नुपर्ने बताएका हुन्।

शुक्रबारको घटनामा कीर्तिपुर निवासी २९ वर्षीय सविन महर्जन र एभिन्युज टेलिभिजनका फोटोपत्रकार सुरेश रजकको मृत्यु भएको थियो।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>