चितवन विशेष

चितवनका केरा उत्पादक किसानद्धारा वरिष्ठ योजना अधिकृत ढुंगानालाई बिदाई

Banner

चितवन, चैत १६-

चितवनको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामा कार्यरत वरिष्ठ योजना अधिकृत इन्द्र शर्मा ढुंगानालाई बिदाई गरिएको छ । चितवन केरा उत्पादक संघ र प्रधानमन्त्री कृषि आनुनिकीकरण परियोजना केरा सूपारजोन समन्वय समिति चितवनले रत्ननगरमा एक कार्यक्रमको आयोजना गरी फेरि भेटौँला कार्यक्रम बिच ढुंगानालाई बिदाई गरेको हो ।

ढुंगाना केरा जोन स्थापनादेखि नै चितवनमा कृषि अधिकृतको रुपमा कार्यरत हुनुहुन्थ्यो । ६ वर्ष ५ महिना प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई चितवनमा रहेर काम गर्नुभएका ढुंगानाको बढुवा भएपछि परियोजनाको केन्द्रीय कार्यालय खुमलटारमा योजना महाशाखा प्रमुख भएर जाँदै हुनुहुन्छ ।

परियोजनाको धान, तरकारी, मौरी, माछा जोन र बागमती प्रदेशका जोनहरुको समन्वयको भूमिका समेत निर्वाह गर्नुभएका ढुंगानाको अभाव चितवनका किसानहरुलाई खड्किने केरा किसान विष्णुहरी पन्तले बताउनुभयो । केरा सूपारजोन समन्वय समिति चितवनका संयोजक समेत रहनुभएका पन्तले चितवनलाई केरा जोनबाट सुपरजोनमा लैजानका लागि महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै चितवनका किसानहरुले उहाँको योगदानलाई सधै सम्झिरहने बताउनुभयो ।

चितवन केरा उत्पादक संघका पूर्व अध्यक्ष यज्ञप्रसाद सुवेदीले जिल्लामा बसेर केरामा लाग्ने रोग नियन्त्रण र योजना बनाउन बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउँदै ढुंगानाकै पालामा रोग सहन सक्ने जि नाइन जातको केरा चितवनमा भित्रिएको बताउनुभयो । चितवनका किसान मालभोग जातको केरामा पानामा रोग लागेर हैरानी खेप्दै आएका थिए ।

चितवन केरा उत्पादक संघका अध्यक्ष घननाथ महतोले केन्द्रमा भएपनि चितवनका किसानहरुको समस्या समाधान हुने गरी योजना बनाउन सु्झाव दिनुभएको छ । बिदाई कार्यक्रममा बोल्दै प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई चितवनका प्रमुख महेश रेग्मीले चितवनमा लामो समय रहेर इमान्दारिता पूर्वक काम गर्ने अधिकृत भेट्न मुश्किल पर्ने बताउनुभयो । उहाँले चितवनमा कृषि क्षेत्रमा विकासका लागि ढुंगानाको पनि केही योगदान रहेको बताउनुभयो ।

सरुवा भई जान लाग्नुभएका वरिष्ठ योजना अधिकृत ढुंगानाले चितवनका किसानको सहयोगका कारण काम गर्न सहज भएको बताउनुभएको छ । चितवनका किसानको युनिटी राम्रो भएको भन्दै चितवन कृषिमा देशकै उत्कृष्ट जिल्ला मध्येमा पर्ने समेत बताउनुभयो । चितवन जिल्लाले केरामा निकै फड्को मारेको बताउँदै आगामी दिनमा पनि सहयोग गर्ने प्रतिवद्धता समेत जनाउनुभयो ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>