चितवन विशेष
नारायणगढ–मुग्लिन सडकको दासढुंगामा जिप र बस ठोक्किदा पाँच जना घाइते

चितवन, चैत १५-
नारायणगढ–मुग्लिन सडकअन्तर्गत पर्ने भरतपुर महानगरपालिका–२९ दासढुंगामा टाटा सुमो जिप र बस ठोक्किदा पाँच जना घाइते भएका छन् ।
बिहीबार दिउँसो करिब साढे १२ बजेको समयमा मुग्लिनबाट नारायणगढतर्फ आउँदै गरेको ज १ ज १९६ नम्बरको टाटा सुमो जिपलाई सोहि दिशा आउदै गरेको बा प्र ०३–००१ ख १२०७ नम्बरको बसले ठक्कर दिएको प्रहरी चौकी जुगेडीले जानकारी दिएको छ ।
दुई सवारी साधन आपसमा ठोक्किदा बसमा सवार ५ जना घाइते भई उपचारको लागि चितवन मेडिकल कलेज पठाइएको प्रहरीले बताएको छ।
घाइते हुनेहरुमा नवलपुर कावासोती नगरपालिका–९ बस्ने वर्ष ४५ की कल्पना सिग्देल, रामेछापका ७५ वर्षीय मान बहादुर मगर, गोरखा पालुङ्टार नगरपालिका–५ बस्ने वर्ष ३२ की निलम श्रेष्ठ, सोहि ठाउँ बस्ने वर्ष ३२ की संगिता गुरुङ र ३३ वर्षीय शान्ता सुनार रहेका छन् ।
बस चालक स्याङजा फेदि खोला गाउँपालिका–४ बस्ने ३१ वर्षीय प्रेम बहादुर नेपाली र सुमो चालक कन्चनपुर पुर्णवास नगरपालिका–६ बस्ने ७० को प्रेम बहादुर थापा क्षेत्री प्रहरीको नियन्त्रणमा छन् ।























