चितवन विशेष
जेसीज महोत्सवमा आज शान्ता रानी परियार आउँदै
०

चितवन, चैत १५-
चितवनको नारायणी नदी किनारमा जारी जेसीज महोत्सवमा आज शान्ता रानी परियार आउँदै छन् ।
महोत्सवमा चर्चित गित ‘म त ढले ढले’ की गायिका परियार, ‘स्त्री’को टिम लगायतको प्रस्तूती रहने आयोजक नेपाल जेसीजले जानकारी दिएको छ ।
चैत ७ गतेदेखि सुरु भएको महोत्सव चैत २१ गतेसम्म सञ्चालन हुने छ ।
महोत्सवमा प्रवेश शुल्क विद्यार्थीलाई ६० र अन्यलाई १०० रुपैयाँ तोकिएको छ । महोत्सवमा भोलि स्रिमन परियार र पहेँलो बत्ती मुनि लगायतको प्रस्तुती रहने आयोजकले जानकारी दिएको छ ।