चितवन विशेष
हान सौराहाको अध्यक्षमा पाण्डे, महासचिवमा खनाल
०

चितवन, चैत १३-
क्षेत्रीय होटेल संघ (हान) सौराहाको अध्यक्षमा ओमप्रकाश पाण्डे चयन भएका छन् ।
सौराहामा सम्पन्न २० औं साधारणसभा तथा दशौ अधिवेशनबाट सर्वसम्मत रुपमा पाण्डे अध्यक्षमा चयन भएका हुन् ।
यस्तै उपाध्यक्षमा गुणराज थपलिया पनि सर्वसम्मत चयन भएका छन् । महासचिवमा महेश खनाल निर्वाचित भएका छन् । उनले शिव प्रसाद भुसाललाई ४ मत अन्तरले पराजित गरेका हुन् । अन्य सबै पदमा सर्वसम्मत हुँदा महासचिवमा मात्रै निर्वाचन भएको हो ।
यसैगरी सचिबमा सङ्गम घिमिरे, कोषाध्यक्षमा बबिता चौधरी, सह-कोषाध्यक्षमा रन्जन भण्डारी सर्वसम्मत चयन भएका छन् ।
त्यस्तै सर्वसम्मत सदस्यमा गोपीचन्द्र सापकोटा, कृष्ण प्रसाद दाहाल, शम्भु प्रसाद माली, सुवासचन्द्र गौतम, गणेश कुमार दाहाल र दीपक अधिकारी सर्वसम्मत चयन भएका छन् ।