चितवन विशेष

नारायणगढ–मुग्लिन सडकमा ट्रक अनियन्त्रित भई त्रिशूलीमा खस्दा एक जनाको मृत्यु

Banner

चितवन, चैत १३-

नारायणगढ–मुग्लिन सडकअन्तर्गत पर्ने भरतपुर–२९ चौधकिलोमा कोइला बोकेको ट्रक अनियन्त्रित भई त्रिशूली नदीमा खस्दा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

मंगलवार नारायणगढबाट मुग्लिङतर्फ जाँदै गरेको बा प्र०३–००१ ख ४८०४ नम्बरको ट्रक आफै अनियन्त्रित भई त्रिशुली नदीमा खसेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

ट्रक चालक रौतहट सखुवा घर बताउने वर्ष ३५ को रामनारायण यादवको भरतपुर अस्पतालमा मंगलबार बिहान ८ः२० बजे मृत्यु भएको प्रहरीले बताएको छ । यादवलाई ट्रकको सिटमा च्यापिएको अवस्थामा उद्धार गरी अस्पताल पठाइएको थियो ।

लाइ ट्रकबाट निकाली उपचारको लागि सरकारी अस्पताल भरतपुर पठाइएको ऐ।०८स्२० बजेको समयमा मृत घोषणा गरेको

ट्रकको सहचालक रौतहट गरुडा नगरपालिका–५ बस्ने वर्ष १९ को असुन्द्र कुमार यादव घाइते भएका छन् । उनको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ भने अवस्था मध्यम रहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>