अन्तर्राष्ट्रिय

युक्रेनले हानेको एउटा रकेट लागेर रुसी पत्रकारसहित ६ जनाको मृत्यु

Banner

मस्को, चैत १२-

युक्रेनले हानेको एउटा रकेट लागेर रुसी पत्रकारसहित ६ जनाको मृत्यु भएको छ । आक्रमण पूर्वी युक्रेनमा रुसको नियन्त्रणमा रहेको लुहान्स्क क्षेत्रमा भएको रुसी समाचार संस्था र अधिकारीहरूले बताएका छन् ।

सोमबार भएको आक्रमणमा परेर रुसको इज्भेष्टिया पत्रिकाका एक पत्रकार अलेक्जान्डर फेडोर्चकको मृत्यु भएको समाचारमा उल्लेख छ। यसबाहेक पनि पत्रिकाका क्यामराम्यान र चालक पनि मारिएको लुहान्स्क क्षेत्रका लागि मस्कोले नियुक्त गरेको गभर्नर लियोनिड पासेच्निकले बताए ।

आक्रमणमा १४ वर्षीय एक बालकको पनि मृत्यु भएको बताइएको छ । सामाजिक सञ्जालमा रुसको अंग्रेजी भाषाको सरकारी टिभी च्यानल आरटीले अलेक्जान्डर फेडोर्चक तस्बिर शेयर गर्दै उनको मृत्युको परिस्थिति अझै स्पष्ट नभएको बताएको छ । एजेन्सी

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>