समाचार

बालेनको ‘टुकुचामा गाड्छु’ भन्ने अभिव्यक्तिप्रति युवा संघ महानगर कमिटीको ध्यानाकर्षण

Banner

काठमाडौं, चैत १२-

नेकपा एमालेनिकट राष्ट्रिय युवा संघ नेपालको काठमाडौं महानगर कमिटीले महानगरका मेयर बालेन्द्र साह बालेनले सोमबार राति मदिरा सेवन गरेको स्टाटस लेखेको भन्दै अनुसन्धानको दायरामा ल्याउन माग गरेको छ ।

कहिले सिंहदरबारमा आगो लगाउँछु त कहिले टुकुचामा गाड्छु जस्ता आपत्तिजनक अभिव्यक्ति दिने मयर बालेनलाई कानूनी कठघरामा उभ्याउन सरोकारवाला निकायसँग संघले विज्ञप्तिमार्फत माग गरेको छ ।

अध्यक्ष दिपेश सुधाकारले एक विज्ञप्ति जारी गर्दै बालेनले लेखेको स्टाटस ‘‘टुकुचामा गाड्छु‘’ भन्ने अभिव्यक्तिप्रति युवा संघ महानगर कमिटीको ध्यानाकर्षण भएको जनाएका छन् ।

‘आफ्नो पदीय जिम्मेवारी भुलेर पब र क्लबहरुमा रमाउँदै सस्तो लोकप्रियता र सामाजिकसञ्जालमा लाइक बटुल्नका लागि यस्ता स्तरहीन अभियव्यक्ति नदिन र तथ्यलाई अतिरञ्जित गरी समाजलाई भड्काउने अभिव्यक्ति नदिन सचेत गराउँछौ’, विज्ञप्तिमा भनिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>