चितवन विशेष
भरतपुरमा मोटरसाइकल र स्कुटर आपसमा ठोक्किदा दुई जना घाइते
०

चितवन, चैत १२-
भरतपुर महानगरपालिका–१६ सम्झना चोकमा मोटरसाइकल र स्कुटर आपसमा ठोक्किदा दुई जना घाइते भएका छन् ।
सोमवार साँझ ७ बजे शिवघाटबाट गाविसचोक तर्फ जाँदै गरेको ना २५ प ३७३३ नम्बरको मोटरसाइकल र फुलबारीबाट कार्कीचोकतर्फ आउदै गरेको बा प्र०३–००३ प ५७९० नम्बरको स्कुटर एकआपसमा ठोक्किएर दुर्घटना भएको हो ।
दुर्घटनामा परी मोटरसाइकल चालक नवलपुर गैंडाकोट नगरपालिका–६ बस्ने वर्ष २२ को मुना गुरुङ र स्कुटर चालक भरतपुर–१६ बस्ने वर्ष ४६ को आईत बहादुर गुरुङ घाइते भएको अस्थायी प्रहरी पोष्ट शरणपुरले जानकारी दिएको छ ।
मोटरसाइकल चालक गुरुङको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । स्कुटर चालकलाई थप उपचारको लागि आर्मी हस्पिटल छाउनी लगिएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>























