चितवन विशेष
१० लाख ग्राहक पुगेकोमा वल्र्ड लिंक चितवनले गर्यो ‘सेलिब्रेसन’

चितवन, चैत ११–
इन्टरनेट प्रदायक संस्था वल्र्ड लिंक कम्युनिकेशन चितवन शाखाले १० लाख ग्राहक पुगेको अवसरमा आज खुशीयाली मनाएको छ । नारायणगढस्थित कार्यालयमा एक कार्यक्रमकाबीच केक काटेर वल्र्ड लिंकले उत्सव मनाएको हो ।
वल्र्ड लिंक चितवनका प्रमुख नारायण घर्ती, २० वर्ष भन्दा धेरै समयदेखि वल्र्डलिंक इन्टरनेट प्रयोगकर्ता एवं व्यवसायी बाल गोपाल चुके, वल्र्ड लिंक प्रयोगकर्ता एवं सर्प उद्धारकर्ता यमलाल भण्डारी, इन्टरनेट प्रयोगकर्ता रुद्राक्ष जोशी, सुरेश श्रेष्ठले केक काटेर खुशीयाली मनाएका हुन् ।
सो क्रममा बोल्दै चितवन शाखा प्रमुख घर्तीले वल्र्डलिंकमा जोडिएका १० लाख ग्राहकप्रति कृतज्ञता व्यक्त गरे । उनले भने–‘वल्र्डलिंक कम्युनिकेशनको १० लाख ग्राहक पुरा भएकोमा हामीलाई अत्यन्त खुशी लागेको छ । यो हाम्रो समर्पण र ग्राहकको विश्वासको परिणाम हो ।’ उनले यो सबै कर्मचारीको देनले पनि यो सफल भएको बताए ।
वल्र्डलिंक प्रयोगकर्ता व्यवसायी बालगोपाल चुकेले वल्र्डलिंकको सेवाबाट आफू सन्तुष्ट रहेको र भविष्यमा पनि यसलाई प्रवद्र्धन गर्न आफू प्रतिवद्ध रहेको बताए । सर्प उद्धारकर्ता भण्डारीले आफूले कुनै समस्या आउँदा सम्पर्क गरेको केही समयमै वल्र्डलिंकका टेक्निकल टिम आएर इन्टरनेट बनाइ दिने गरेको स्मरण गर्दै यसको सेवाबाट आफू सन्तुष्ट रहेको बताए । उनले वल्र्डलिंक इन्टरनेट प्रयोग गर्न आग्रह समेत गरे ।
वल्र्ड लिंकले आजैदेखि आफ्नो नयाँ लोगो समेत सार्वजनिक गरेको छ ।