चितवन विशेष

चितवनमा बिजुलीको पोल बोकेको ट्याक्टरबाट लडेर एक जनाको मृत्यु

Banner

चितवन, चैत ११-

चितवनको राप्ती नगरपालिका–१२ कपता भञ्ज्याङमा बिजुलीको पोल बोकेको ट्याक्टरबाट लडेर एक जनाको मृत्यु भएको छ ।

आइतबार बेलुका ७ बजे लोथर खोलाबाट राप्ती–१२ बोक्राङतर्फ बिजुलीको पोल बोकी जाँदै गरेको ग १ त ४५८४ नम्बरको ट्याक्टरको पछाडि ढालामा पोल माथि बसेका राप्ती–१२ बोक्राङ बस्ने वर्ष ३९ को रबिन प्रजा अचानक खस्न जाँदा उनको घटनास्थलमा नै मृत्यु भएको हो ।

ट्याक्टर चालक मकवानपुर राक्सिराङ गाउँपालिका–६ बस्ने वर्ष ३७ को सन्त थिङ फरार रहेको इलाका प्रहरी कार्यालय भण्डाराले जानकारी दिएको छ । ट्याक्टर चालकको खोजी कार्य भइरहेको प्रहरीले बताएको छ ।

ट्याक्टर धनी प्रहरीको सम्पर्कमा आएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>