चितवन विशेष
चितवनबाट काठमाडौँ जाँदै गरेको हायस थानकोटमा दुर्घटना हुँदा एक जनाको मृत्यु
०

चितवन, चैत १०
चितवनबाट जाँदै गरेको हायस अनियन्त्रित भई थानकोटमा दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा २५ वर्षीया सबिना गुरूङ रहेकी छिन् । दुर्घटनामा घाइते भएकी उनको ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको हो ।
यस्तै दुर्घटनामा परी चितवनको कालिका नगरपालिका ७ घर भएकी ६८ वर्षीया तारादेवी कुमालको स्थिति गम्भीर रहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार काठमाडौंको चन्द्रागिरि नगरपालिका(१५ ३३ वर्षीया बिन्दु देवकोटा, बिन्दुको छोरा दिब्यन पोख्रेल (डिस्चार्ज भइसकेका), वर्षीया अनिता थापा, ३७ वर्षीय मोहित गुरूङ, २५ वर्षीय सीमा कुमाल, २० वर्षीया कुसुम राई उपचाररत छन् ।