खेलकुद
आईपीएलमा हैदरावादको विजयी सुरुवात, राजस्थान ४४ रनले पराजित

काठमाडौँ, चैत १०-
ईन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सनराइजर्स हैदरावादले विजयी सुरुवात गरेको छ । घरेलु मैदानमा आइतबार उसले आफ्नो पहिलो खेलमा राजस्थान रोयल्सलाई ४४ रनले पराजित गर्यो ।
२८७ रनको विशाल लक्ष्य पछ्याएको राजस्थानले निर्धारित ओभरमा ६ विकेट गुमाएर २४२ रनमात्र बनाउन सक्यो । उसका लागि ध्रुव जुरेलले मात्र ३५ बलमा ७० रनको विष्फोटक पारी खेले ।
सन्जु सामसन ६६ रनमा आउट हुँदा शुभम दुबेले नटआउ६ ३४ र सिमरन हेट्मेयरले ४२ रन बनाए । छैठौं विकेटका लागि उनीहरुले मात्र ३३ बलमा ८० रनको साझेदारी गरेपनि जित भने दिलाउन सकेनन् ।
यसअघि पहिला ब्याटिङ गरेको हैदरावाले निर्धारित ओभरमा ६ विकेट गुमाएर २८६ रनको विशाल योगफल तयार पारेको थियो । हैदरावादका लागि इशाल किशानले ४७ बलमा नटआउट १०६ रन बनाए । ट्रेभिस हेडले ६७ रन जोडे ।
तुशार देशपाण्डेले ३ र महीश थिक्सानाले २ विकेट लिएपनि हैदरावादको विष्फोटक इनिङ्स रोक्न सकेनन् ।