समाचार
उपप्राध्यापक प्रेम चलाउनेमाथि कुटपिट गर्ने योगेन्द्र रावल कारागार चलान
०

काठमाडौँ, चैत १०-
त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेमाथि कुटपिटमा संलग्न नेपाल विद्यार्थी संघका नेता योगेन्द्र रावल कारागार चलान भएका छन्।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले शुक्रबार पक्राउ गरेर अदालत पेस गरेको थियो। त्यसपछि उनलाई अदालतको आदेशअनुसार डिल्लीबजार कारागार चलान गरिएको सीआईबीका एसपी सुधीरराज शाहीले जानकारी दिए
ज्यान मार्ने उद्योगमा उनीमाथि २ वर्ष कैद र २० हजार रुपैयाँ जरिवानाको फैसला भएको थियो। जिल्ला अदालतको उक्त फैसला उच्च अदालतले पनि सदर गरेको थियो।