चितवन विशेष
सानिमा रिलायन्स लाईफको आयोजनामा रक्तदान कार्यक्रम
०

भरतपुर, चैत १०-
सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सको आयोजनामा भरतपुरको चौविसकोठीमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
कम्पनीले आठौं बार्षिकउत्सबको अवसर पारेर सामाजिक उत्तरदायित्व बहन गर्दै रक्तदान कार्यक्रमको आयोजना गरिएको कम्पनीका नारायणगढ एरिया मेनेजर इशा प्रदानले जानकारी दिनुभयो । कार्यक्रममा कम्पनीका विमित, अभिकर्ता, कर्मचारी लगायत सर्वसाधारणहरूले समेत स्वतस्फूर्त रूपमा रक्तदान गरेका थिए । कार्यक्रममा ३१ जनाले रक्तदान गरेका हेटौंडा एरिया मेनेजर सुर्य गिरिले बताउनुभयो ।
कम्पनीले बार्षिक उत्सवको अवसरमा आज देशभर रक्तदान कार्यक्रमको आयोजना गरेको थियो । सामाजिक उत्तरदायित्व बहन गर्दै कम्पनीले समयसमयमा विभिन्न सामाजिक क्रियाकलाप गर्दै आएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























