चितवन विशेष

एनिमल नेपालको आयोजनामा देवघाटमा पशुको निःशुल्क स्वास्थ्य परीक्षण

Banner

चितवन, चैत १०-

चितवनको भरतपुर महानगरपालिका वडा नम्बर–१ स्थित देवघाटमा रहेको देवघाट गौशालामा रहेका पशुहरुको निःशुल्क स्वास्थ्य जाँच गरिएको छ । एनिमल नेपालको आयोजनामा गौशालामा रहेका पशुहरुको स्वास्थ्य जाँच गरिएको हो ।

शिविर मार्फत गाई, साँढे र साना बाच्छाहरु गरी २७ वटाको स्वास्थ्य परीक्षण गरिएको एनिमल नेपाल चितवनकी फिल्डकोडिनेटर दिपा केसीले जानकारी दिनुभयो । चितवन एनिमल सेभ, एनिमल राइट क्लब, फाउन्डेसन फर युथ एनिमल चिल्ड्रेन एण्ड इन्भाइरोमेन्टल र नेपाल पशुपन्छि औषधी बजारको सहयोगमा पशुहरुको परीक्षण गरिएको थियो । पशुहरुको गोबरबाट स्वास्थ्य परीक्षण गरिएको थियो । गोबर जाँचको क्रममा अधिकांशलाई जुका देखिएको उहाँले जानकारी दिनुभयो । उनीहरुलाई खुट्टा र मुखको रोग विरुद्धको खोप समेत लगाइएको फिल्डकोडिनेटर दिपा केसीले बताउनुभयो ।
साथै स्वास्थ्य शिविरको क्रममा गौशालाको हेरचाह गर्ने परिवारका सदस्यहरुलाई आवश्यक लुगा र बालबालिकाका लागि शैक्षिक सामाग्री प्रदान गरिएको थियो । भरतपुर महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारी प्रमुख अतिथि रहनुभएको कार्यक्रममा देवघाट गौशालाका अध्यक्ष बाबुराम तिवारी, एनिमल नेपालका कार्यक्रम संयोजक रामचन्द्र आचार्य, भरतपुर महानगरपालिका कृषि शाखा प्रमुख श्यामराज देवकोटा, एनिमल नेपालका वसन्त बहादुर राना, देवघाट टोल विकास संस्थाका अध्यक्ष मुकुन्दशरण सिग्देल लगायतको उपस्थिती रहेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>