खेलकुद
आजबाट आईपीएल
०

काठमाडौँ, चैत १०-
इण्डियन प्रिमियर लिग (आईपीएल) को दोस्रो खेलमा सनराइजर्स हैदरावाद र राजस्थान रोयल्स भिड्ने भएका छन्। नेपाली समयअनुसार आइतबार दिउँसो पौने ४ बजे यी दुई टोली राजिव गान्धी अन्तर्राष्ट्रिय रंगशालामा आमनेसामने हुनेछन्।
हैदरावाद प्याट कमिन्सको कप्तानीमा उत्रिँदा राजस्थानको नेतृत्व सन्जु सामसनले गर्नेछन्। अष्ट्रेलियन कमिन्स भारत बाहिरका एक मात्रै कप्तान हुन्। यो सिजन बाँकी ९ वटै टोलीले भारतीय खेलाडीलाई नै कप्तानी सुम्पिएका छन्।
आइतबार राति पौने ८ बजे दिनको दोस्रो खेलमा चेन्नई सुपर किङ्स र मुम्बई इन्डियन्स भिड्नेछन्। चेन्नईको एमए चिदम्बरम रंगशालामा सर्वाधिक विजेता दुवै टोली टोली छैटौँ उपाधिको दौडमा छन्। मुम्बई २०२० पछि र चेन्नई २०२३ पनि उपाधि थप्ने लक्ष्यमा छन्।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























