अन्तर्राष्ट्रिय
हमासलाई समर्थन गरेको आरोप अमेरिकामा भारतीय विद्यार्थी पक्राउ
०

काठमाडौं,चैत १०-
हमासलाई समर्थन गरेको आरोपमा अमेरिकामा एक भारतीय मूलका विद्यार्थी पक्राउ परेका छन् । अमेरिकाको एक अदालतले हिरासतमा रहेका विद्यार्थी बदर खान सुरीको सुपुर्दगी गर्न मानेको छैन ।
बुधबार भर्जिनियाको अलेक्जान्ड्रियाका जिल्ला न्यायाधीश प्याट्रिसिया गिल्सले बदर खान सुरीलाई भारत फिर्ता पठाउने ट्रम्प प्रशासनको प्रयासलाई रोकेका थिए । अर्को आदेश नभएसम्मका लागि उनको सुपुर्दगी स्थगित गरिएको हो ।
बदर खान सुरीकी पत्नी मफाज युसुफ सालेहको याचिकामा न्यायाधीशले यस्तो आदेश दिएका हुन् । मार्च १७ मा अमेरिकी गृह सुरक्षा विभागले प्यालेस्टिनी संगठन हमाससँग सम्बन्ध रहेको आरोपमा बदर खान सुरीलाई पक्राउ गरेको थियो ।
बीबीसी
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























