चितवन विशेष
मोटरसाइकल अनियन्त्रित भई पोलमा ठोक्किदा दुई जना घाइते, एकको अवस्था गम्भीर
०

चितवन, चैत १०-
भरतपुर महानगरपालिका–५ कोलिचोक नजिकै मोटरसाइकल अनियन्त्रित भई तारबारको पोलमा ठोक्किदा दुई जना घाइते भएका छन् । एक जनाको अवस्था गम्भीर छ ।
शनिबार दिउँसो साढे १ बजेको समयमा नारायणपुरबाट सापकोटा चोकतर्फ जाँदै गरेको बा प्र०३–००३ प ६७२४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई खेतमा लगाएको तारबारको पोलमा ठोक्किएको हो ।
मोटरसाइकल दुर्घटना हुँदा चालक भरतपुर–७ प्रेमबस्ती बस्ने वर्ष ३४ को रुद्र बहादुर आले गम्भीर घाइते भएको प्रहरी चौकी सिताराम चोकले जानकारी दिएको छ । मोटरसाइकल पछाडि सवार सोहि ठाउँ बस्ने ३५ वर्षीय सुरेश पौडेल मध्यम घाइते भएका छन् ।
दुवै जनाको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>























