चितवन विशेष
अक्कलध्वज गुरुङको ‘बुद्ध देशना’ पुस्तक विमोचन

चितवन, चैत ९-
लेखक अक्कलध्वज गुरुङद्धारा लिखित ‘बुद्ध देशना’ पुस्तकको विमोचन गरिएको छ । बुद्धका उपदेशसँग सम्बन्धित तयार पारिएको पुस्तकको आज भरतपुरमा जिल्ला न्यायधिस दुर्गादेवि गुरुङको हातबाट विमोचन गरिएको हो । पूस्तक विमोचन गर्दै गुरुङले नेपालको पहिचानका लागि बुद्ध धर्मका उपदेश सम्बन्धि कृति निस्कन आवश्यक रहेको बताउनुभएको छ । मानसिक रुपमा स्वस्थ हुनका लागि पनि यस्ता पुस्तकको आवश्यक रहेको उहाँको भनाई छ ।
पुस्तकमाथि टिप्पणी गर्दै टिप्पणीकार मणि काफ्लेले नेपाली भाषामा लेखिएको गीताभन्दा कम नभएको उहाँले बताउनुभयो । बुद्धका उपदेश मार्फत यस पुस्तकले मानिसहरुलाई धेरै ज्ञान दिन सक्ने उहाँको भनाई ।
समिक्षक रमाकान्त सापकोटाले बुद्ध दशनाको शिर्षक अनुसार पुस्तकमा विषयवस्तुहरु समावेश बताउनुभयो । २७६ पुष्ठ रहेको पुस्तकमा ४९ वटा शीर्षक रहेका छन् ।
चितवन साहित्य परिषदका अध्यक्ष केदारनाथ खनालले २०१० सालबाट आधुनिक शिक्षा आएदेखि बुद्ध शिक्षा पछाडि परेको बताउँदै पछिल्लो समयमा आएको यस कृतिले विश्वलाई चिनाउन सहज हुने बताउनु भएको छ । बुद्ध शिक्षा सम्बन्धि महत्व बोकेको यस पुस्तकलाई अंग्रेजिमा समेत निकाल्न उहाँले सूझाव दिनुभएको छ ।
८७ वर्ष पुग्नुभएका गुरुङका बुद्ध शिक्षा, बुद्ध र उनका उपदेश र जीवनका केही संस्करण नामक कृति प्रकाशित भइसकेका छन् । उहाँको बुद्ध देशना नाम चौथो कृति हो ।
कार्यक्रममा नेपाल गुरुङ राष्ट्रिय परिसदका सदस्य कर्ण बहादुर गुरुङ, पूर्व मन्त्री विजय सुवेदी, जेष्ठ नागरिक संघ चितवनका अध्यक्ष नारायणप्रसाद तिवारी, आदिवासी जनजाति महासंघ चितवनका पूर्व अध्यक्ष पदम गुरुङ तथा लगायतले बृद्ध सम्बन्धि लेखिएको पुस्तकको प्रसंसा गरेका थिए ।