चितवन विशेष
स्कुटरसँग ठोक्किएर अनियन्त्रित भएको मोटरसाइकल ट्रकमा ठोक्किन पुग्दा एक जनाको मृत्यु

चितवन, चैत ८-
भरतपुर महानगरपालिका–१ भतेरी जंगलमा स्कुटरसँग ठोक्किएर अनियन्त्रित भएको मोटरसाइकल डिब्बा ट्रकमा पनि ठोक्किन पुग्दा मोटरसाइकल चालकको मृत्यु भएको छ ।
बिहीबार बिहान साढे ७ बजेको समयमा रामनगरबाट जुगेडीतर्फ जादै गरेको बा २५ प ४४०३ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउदै गरेको बा प्र०३–०३ प ५२५७ नम्बरको स्कुटर एकआपसमा ठक्कर खाँदा मोटरसाइकल अनियन्त्रित भई रामनगरबाट जुगेडीतर्फ जाँदै गरेको ना ६ ख ४७५१ नम्बरको डिब्बा ट्रकमा ठोक्किन पुगेको थियो ।
ट्रकमा पनि ठोक्किएर गम्भीर घाइते भएका मोटरसाइकल चालक प्युठान बागेमरोर–२ बस्ने बर्ष ३१ को सुदिप रानाको चितवन मेडिकल कलेजमा बिहीबार बिहान ८ः१५ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।
दुर्घटनाम संलग्न तीन वटै सवारी साधन, स्कुटर चालक र ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।