चितवन विशेष

भरतपुरमा मोटरसाइकलको ठक्करबाट ८ वर्षीय बालक घाइते

Banner

चितवन, चैत ७-

भरतपुर महानगरपालिका–९ बसन्त चोकमा मोटरसाइकलको ठक्करबाट ८ वर्षीय बालक घाइते भएका छन् ।

बुधबार बेलुका ७ः२० बजेको समयमा नारायणगढबाट टाँडीतर्फ जाँदै गरेको बागमती प्रदेश०२–०४० प ३१०७ नम्बरको मोटरसाइकलले पैदलयात्री भरतपुर–१२ बस्ने सलिना दवाडीको छोरा वर्ष ८ को प्रशान्त दवाडीलाई ठक्कर दिएको हो ।

घाइते बालकको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । उनको उपचारमा मामा पुजन परियार र मोटरसाइकल चालक रत्ननगर नगरपालिका–१२ बस्ने वर्ष २१ को सोनाम घलान संलग्न रहेको प्रहरीले बताएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>