चितवन विशेष

उखु पेल्ने मेशिनमा टाउकाको कपाल अड्किएर एक महिला घाइते

Banner

चितवन, चैत ७-

चितवनको रत्ननगर नगरपालिका–२ हस्पिटल रोडमा उखु पेल्ने मेशिनमा टाउकाको कपाल अड्किएर एक महिला घाइते भएकी छन् ।

चैत ३ गते उखु पेल्ने क्रममा मेशिनमा कपाल अड्किएर रत्ननगर–२ बस्ने ३५ वर्षीय पुष्पादेवी साह मध्यम घाइते भएकी हुन् । उनी घाइते भई उपचाररत रहेको कुरा प्रहरीले बुधबार मात्रै थाहा पाएको हो ।

साहको टाउकोमा चोट लागेको छ । उनको काठमाडौँस्थित किर्तीपुर अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय टाँडीले जानकारी दिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>