चितवन विशेष
स्कुटर आफै अनियन्त्रित भई पल्टिँदा दुई जना घाइते
०

चितवन, चैत ६-
भरतपुर महानगरपालिका–११ कुमारी चोकमा स्कुटरमा आफै अनियन्त्रित भई पल्टिँदा स्कुटरमा सवार दुई जना घाइते भएका छन्।
गएराति २ः५० बजेको समयमा बिशाल चोकबाट भोजाडतर्फ जाँदै गरेको ना ५८ प १७४७ नम्बरको स्कुटर आफै अनियन्त्रित भई पल्टिएको हो।
स्कुटर पल्टिदा स्कुटर चालक भरतपुर–१० बस्ने वर्ष २९ को राज कुमार विश्वकर्मा र स्कुटर पछाडि सवार भरतपुर–११ बस्ने वर्ष २८ को अरुण गुप्ता मध्यम घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ।
दुवै जनाको भरतपुर अस्पतालमा उपचार भइरहेको छ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























