चितवन विशेष
स्कुटर आफै अनियन्त्रित भई पल्टिँदा दुई जना घाइते
०

चितवन, चैत ६-
भरतपुर महानगरपालिका–११ कुमारी चोकमा स्कुटरमा आफै अनियन्त्रित भई पल्टिँदा स्कुटरमा सवार दुई जना घाइते भएका छन्।
गएराति २ः५० बजेको समयमा बिशाल चोकबाट भोजाडतर्फ जाँदै गरेको ना ५८ प १७४७ नम्बरको स्कुटर आफै अनियन्त्रित भई पल्टिएको हो।
स्कुटर पल्टिदा स्कुटर चालक भरतपुर–१० बस्ने वर्ष २९ को राज कुमार विश्वकर्मा र स्कुटर पछाडि सवार भरतपुर–११ बस्ने वर्ष २८ को अरुण गुप्ता मध्यम घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ।
दुवै जनाको भरतपुर अस्पतालमा उपचार भइरहेको छ।