चितवन विशेष
बलेरोको ठक्करबाट साइकल यात्री घाइते
०

चितवन, चैत ६-
भरतपुर महानगरपालिका–१० बुद्ध गुम्बा चोकमा बलेरोको ठक्करबाट साइकल यात्री घाइते भएका छन् ।
मंगलवार राति १० बजेको समयमा गितानगरबाट क्षेत्रपुर सब्जिमण्डीतर्फ जादै गरेको ग ३ च ३३१२ नम्बरको बलेरोले साईकलमा सवार भरतपुर–१० सिनर्जी चोक बस्ने वर्ष ४६ को नन्द बहादुर श्रेष्ठलाई ठक्कर दिएको हो ।
बलेरोको ठक्करबाट मध्यम घाइते भएका श्रेष्ठको भरतपुर अस्पतालमा उपचार भइरहेको छ । ठक्कर दिने बलेरो र बलेरो चालकलाई प्रहरीले पक्राउ गरेको छ ।