चितवन विशेष

सञ्चारिका समूह चितवनको अध्यक्षमा गीता गुरुङ चयन

Banner

भरतपुर, चैत ४-

सञ्चारिका समूह चितवनको नयाँ कार्यसमिति चयन भएको छ । सोमबार पत्रकार महासंघ चितवन शाखाको सभाहलमा भएको चौथो अधिवेशनले गीता गुरुङको अध्यक्षतामा आगामी २ वर्षका लागि १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।

अधिवेशनले समितिको उपाध्यक्षमा आशा खरेल, सचिवमा शीला पाठक, कोषाध्यक्षमा अस्मिता पराजुली र सह सचिवमा सविता दराईलाई चयन गरेको छ । त्यसैगरी कार्यसमिति सदस्यहरुमा आश्मा राई, श्रीजा थापा, सविता महतो, पुनम थापा मगर, करिस्मा गुरुङ, यात्री छिदाल, संगीता बानिया, दीपा गौतम, दिप्ती विक र वन्दना देवकोटा निर्वाचित भएका छन् । सोमबार बसेको अधिवेशनले अध्यक्षसहितको कार्यसमिति निर्विरोध निर्वाचित गरेको जनाइएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>