Uncategorized
कफी माथिको ‘लाट्टे आर्ट’ प्रतियोगितामा चितवनमा सहिल प्रथम

चितवन, चैत १-
चितवनमा आयोजना भएको कफी माथिको ‘लाट्टे आर्ट’ प्रतियोगितामा चितवनका सहिल गुरुङ प्रथम भएका छन् । कफी ओ क्लक र हिमालयन चियाले चितवनमा दुई दिनसम्म आयोजना गरेको प्रतियोगितामा देशभरका ४६ जना प्रतिस्पर्धीलाई पछि पार्दै गुरुङ प्रथम भएका हुन् ।
त्यस्तै द्धितीय कावासोतीका अभिशेक सुस्लिङ, तृतीय चितवनकी टेक मायाँ गुरुङ र काठमाडाँैका अनिश राईले सान्तोना स्थान प्राप्त गरेका छन्् । यसैगरी पाँचौँमा चितवनका निराजन रानामगर र छैटौँ स्थानमा काठमाडौँकी प्रिती सुवेदी आएकी छिन् ।
प्रतियोगितामा पहिलो हुनेले ६० हजार, दोस्रो हुनेले ४० हजार, तेस्रो हुनेले ३० हजार, चौथो हुनेले २० हजार, पाँचौँ हुनेले १० हजार र छ्रटौँ हुनेले ५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् । चितवनको नारायणगढमा बुधबार र बिहीबार ‘लाट्टे आर्ट’ प्रतियोगिता भएको थियो । प्रतियोगितामा दमक, इटहरी, धरान, काठमाडौँ, कावासोती, बुटवल, हेटौँडा, पोखरा र चितवनबाट ४६ जना प्रतियोगी सहभागी भएको सुदिश थापाले जानकारी दिए । पहिलो चरणमा सहभागी ४६ जनाबाट छानिएका २१ जनालाई सेमीफाइनलमा प्रतिस्पर्धा गराई नौ जनालाई फाइनल प्रतिस्पर्धामा लगिएको थियो । फाइनलमा पुग्ने नौ जनामध्ये उत्कृष्ट ६ जनालाई पुरस्कार प्रदान गरिएको हो ।
कफीमाथि दूधले बनाइएको कलालाई ‘लाट्टे आर्ट’ भन्ने गरिन्छ । अहिले बजारमा लाट्टे आट कफीको माग समेत बढ्दो छ ।
























