चितवन विशेष

चितवनमा पनि मनाइयो होली

Banner

चितवन, फागुन २९-

फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु अर्थात् होली पर्व आज हिमाली एवं पहाडी जिल्ला सहित भित्रि मधेसका जिल्लामा हर्षोल्लासका साथ मनाइँदै छ । भित्रि मधेस अन्तरगर्त पर्ने चितवन जिल्लामा पनि स्वदेशी तथा विदेशी पर्यटकहरूले भव्य रूपमा होली खेलिरहेका छन् । बिहानदेखि नारयाणगढ, भरतपुर रत्ननगर सौराहा क्षेत्रमा होली खेल्ने मानिसहरुको चहलपल बढिरहेको छ ।

चितवनमा विशेष गरी दुई दिनसम्म होली मनाइने गरिन्छ । यहाँ पहाडी समुदायले आज र तराई समुदायले भोली होली खेल्ने गर्दछन् तर, कतिपयले दुईदिनसम्म होली मनाउने गरेको नारायणी कला मन्दिरका अध्यक्ष रोहितकुमार  श्रेष्ठले जानकारी दिए । नारायणी कला मन्दिरले आज होली विशेष कार्यक्रमको आयोजना गरेर होली पर्व मनाएको छ । कला मन्दिरले बिहान होली खेल्दै नारायणगढ परिक्रमा गरेको श्रेष्ठले बताए । उनका अनुसार नारायणी कला मन्दिरले हरेक वर्ष होली विशेष कार्यक्रमको आयोजना गर्ने गर्दछ । यस्तै यहाँका स्थानिय रेडियो, क्लब तथा संघसंस्थाले पनि ठाउँ ठाउँमा होली विशेष कार्यक्रमको आयोजना गरि मनाएका छन् ।

वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व आज परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाउने परम्परा छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>