चितवन विशेष

इडन गार्डेन माविद्वारा उत्कृष्ट विद्यार्थी पुरस्कृत

Banner

चितवन, फागुन २८-

चितवनको भरतपुर–१० स्थित बालमन्दिर रोडमा रहेको इडन गार्डेन अङ्ग्रेजी माध्यमिक विद्यालयले विद्यार्थीहरुलाई पुरस्कृत गरेको छ । विद्यालयको वार्षिक शैक्षिक तथा खेलकुद कार्यक्रमका उत्कृष्ट विद्यार्थीहरुलाई मंगलवार पुरस्कृत गरिएको हो ।

विद्यालयमा आयोजित पुरस्कार वितरण तथा सांस्कृतिक कार्यक्रम–२०८१ का अवसरमा शैक्षिक सत्र २०८० मा उत्कृष्ट जीपीएसहित कक्षा उत्तीर्ण भएका विद्यार्थी तथा शैक्षिक सत्र २०८१ मा व्यक्तिगत सरसफाइ, अनुशासन एवम् सफा र राम्रो अक्षर लेख्ने विद्यार्थीलाई पुरस्कृत गरिएको हो । विद्यालयका सहायक प्राचार्य मुक्तिनाथ अधिकारीकाअनुसार शैक्षिक सत्र २०८० मा कक्षा नर्सरीदेखि कक्षा ५ सम्म जीपीए चार ल्याउने विद्यार्थी तथा कक्षा ६ देखि कक्षा १० सम्म ए प्लस ग्रेड ल्याएर उत्तीर्ण हुने विद्यार्थीलाई पुरस्कृत गरिएको हो ।

त्यसैगरी विद्यालयले वार्षिक क्यालेण्डरअनुसार आयोजना गर्ने खेलकुद सप्ताह २०८१ मा उत्कृष्ट भएका विद्यार्थीलाईसमेत पुरस्कार वितरण गरेको छ । एक सय ३० जना विद्यार्थीलाई शैक्षिक पुरस्कार तथा तीन सय ५७ विद्यार्थीलाई खेलकुदतर्फको पुरस्कार प्रदान गरिएको अधिकारीले जानकारी दिए ।

कार्यक्रममा मिलिनियम मोडल कलेजका प्राचार्य ईश्वरराज पण्डित, इडन गार्डेन माध्यमिक विद्यालयका प्राचार्य प्रेमहरि सुवेदीलगायतले मन्तव्य राखेका थिए। मिलिनियम मोडल कलेज तथा इडन गार्डेन माध्यमिक विद्यालय सञ्चालक समितिका अध्यक्ष रवीन सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयकी शिक्षिका बुद्धिकुमारी क्षेत्रीले स्वागत गरेकी थिइन् । कार्यक्रमको सञ्चालन विद्यालयका सहायक प्राचार्य मुक्तिनाथ अधिकारीले गरेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>