चितवन विशेष
चितवनमा गुमेको सिट फर्काउँछौँः तरुण अध्यक्ष विद्वान

फाल्गुन २७-
चितवन नेपाल तरुण दल अध्यक्ष विद्वान गुरुङज्युले अब आउने जिल्ला तरुण अध्यक्षले चितवनको गुमेको सिट फर्काउने बताउनुभएको छ ।
आज चितवनमा आयोजित भरतपुर महानगर समितीद्वारा आयोजित पुर्णकालिन सदस्यता वितरण कार्यक्रममा नेपाल तरुण दल अध्यक्ष विद्वान गुरुङज्युले यस्तो बताउनुभएको हो ।
अध्यक्ष गुरुङले सम्बोधन गर्दै दलको पाँचौ महाधिवेशन निर्धारित समयमै सम्पन्न हुने कुरा बताउनुभएको छ । विभिन्न दलहरु अहिले अनेक बहानामा षड्यन्त्र गरिरहेको बताउदै सतर्क अवस्थामा रहन तरुणहरुलाई निर्देशन दिदै अध्यक्ष गुरुङले पुर्व राजा ज्ञानेद्र आफै निक्लेको नभएर राजनितिक दलहरु एक ढिक्का भएर निकालिएको अध्यक्ष गुरुङले बताउनुभयो ।
उहाँले वर्तमान संघीय गणतन्त्रको संसद छिरेर सपथ खाएर तलव भत्ता खाने अनि यो व्यवस्था मान्दैनौ भनेर बुकुर्सी मार्ने राजेन्द्र लिंगदेन र ज्ञानेन्द्र शाहिलाई सांसद पद राजिनामा दिएर सडकमा जान सुझाव समेत दिनुभयो ।
जिल्लाको हरेक तहमा नव उर्जावान तरुणहरुसम्म पुर्णकालिन फाराम भरी केन्द्रमा पठाउन अध्यक्ष गुरुङले निर्देशन दिनुभएको छ ।
अध्यक्ष विद्वान गुरुङज्युले नजिकदै गएको स्ववियु चुनावमा नेविसंघको उम्मेद्वारलाई जिताउन तरुणहरुलाई भुमिका खेल्न निर्देशन दिँदै वीरेन्द्र बहुमुखी क्यापसको नेविसंघको स्ववियु सभापती उम्मेद्वार सफल गुरुङलाई अध्यक्ष गुरुङले खादा ओढाएर जितको पुर्व शुभकामना दिनुभएको छ ।
कार्यक्रममा भरतपुर महानगर तरुण अध्यक्ष चित्रबहादुर राणालाई नेपाल तरुण दल अध्यक्ष विद्वान गुरुङ्ज्युले पुर्णकालिन फाराम हस्तान्तरण गर्नुभएको थियो ।
कार्यक्रममा नेपाल तरुण दल केन्द्रीय सदस्य निर्मल पौडेल, घनश्याम पौडेल (श्याम), दिपक अधिकारी, सरिन घिमिरेको उपस्थिति रहेको थियो ।
























