चितवन विशेष

चितवनमा एमाले निकट अनेरास्ववियुले खोल्यो खाता,जनआदर्श बहुमुखी क्याम्पसमा न्यौपाने निर्वाचित

Banner

चितवन,फागुन २७-

स्ववियु निर्वाचनमा चितवनमा एमाले निकट अनेरास्ववियुले खाता खोलेको छ । पुर्बीचितवनको राप्ती नगरपालिका ७ स्थित जनआदर्श बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा अनेरास्ववियुका अनुज न्यौपाने निर्वाचित भएका छन । सबै संगठनविच सहमती भएपछि उनि सभापति निर्वाचित भएको अनेरास्ववियु बागमती प्रदेश सचिव तथा जनआदर्श बहुमुखी क्याम्पस कार्यदल संयोजक प्रकाश कालाखेतीले जानकारी दिए । उनका अनुसार उपसभापतिमा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीका रन्जित खनाल, सचिवमा काँग्रेस निकट नेबिसंघका शिशिर सिग्देल,सहसचिवमा विप्लव निकट विद्यार्थी संगठनका सरुपा नगरकोटी र कोषाध्यक्ष एकीकृत समाजवादी निकट अनेरास्ववियूका केशव बर्ताैला निर्वाचित भएका छन ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>