चितवन विशेष

आन्तरिक पर्यटन प्रवर्द्वन गर्न चितवन–मनाङ मोटरसाइकल यात्रा हुने

Banner

चितवन, फागुन २७-

आन्तरिक पर्यटन प्रवर्द्वनको लागि फागु पूर्णिमाको अवसरमा चितवनदेखि मनाङसम्म मोटरसाइकल यात्रा गर्ने कार्यक्रम तय भएको छ । चितवनका अटोमोबाइल्स व्यवसायीहरुले ‘राइड टु हिमालयज’ भन्ने नारासहित उक्त यात्रा गर्न लागेका हुन् ।

मोटरसाइकल यात्राको व्यवस्थापन हिमालयन राइडर्सले गर्ने अटोमोबाइल्स व्यवसायी राजाराम सापकोटाले जानकारी दिए । ‘अटोमोबाइल्स व्यवसायीहरुको सामुहिक प्रयासमा आन्तरिक पर्यटन प्रवर्द्वन गर्न मोटरसाइकल यात्रा गर्न लागेका हौँ’, उनले भने ।

फागुन २८ गते बिहान ७ बजे नारायणगढको लायन्सचोक स्थित शुभ पेट्रोल पम्पबाट मोटरसाइकल यात्रा सुरु हुने उनले बताए । चैत २ गतेसम्म हुने मोटरसाइकल यात्राका क्रममा मनाङलगायत लमजुङको राइनाकोट, गोर्खाको लिगलिगकोट लगायत पर्यटकिय स्थलको अवलोकन गर्ने कार्यक्रम रहेको छ ।

कार्यक्रमको सहयोगी संस्थाको रुपमा नेपाल अटोमोबाइल्स एशोसियसन (नासा) रहेको छ भने टेक्निकल पार्टनरमा लक्की मोटरसाइकल रहेको छ । अन्य सहयोगीहरुमा मोटुल लुब्रिकेन्ट्स, केपीआई हेलमेट, एसएनएस हेलमेट, डिएस अटो पार्टस्, भेगा हेलमेट, भिएसके पार्टस्, डल्फिन अटोमोटिभ, लिभफास्ट ब्याट्री, सुप्रिम ट्रेडिङ र रोयल इन्फिल्ड रहेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>